Current Issue लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Current Issue लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

सोमवार, 20 फ़रवरी 2017

सुदुरपश्चिमको सम्बृद्धीका लागि वातावरणमैत्रि उर्जा

हरीशप्रसाद भट्ट

सुदुरपश्चिम पुर्वमा कर्णाली नदी र पश्चिममा महाकाली ले घेरिएको सुन्दर र देशको महत्वपुर्ण भूभाग हो । देश राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको सताब्दि पुग्न आँट्यो, यहि बेला संसारले विकास, विज्ञान र प्रविधिको  मामलामा हामीलाई अरु केहि दशक पछि छोडिदिएको छ । भुगोलमा सानो भएर पनि देशको आर्थिक सम्बृद्धीमा आधाबढी योगदान गर्न सक्ने हैसियत भएको सुदुरपश्चिम कहिल्यै राज्यका सञ्चालकहरुको नजरमा परेन । यहाँको विकास र श्रोतसाधनहरुको उपयोगकालागि कुनै वैज्ञानिक अध्ययन भएनन । प्राज्ञिक र राजनीतिक चेतना जनस्तरमा अझै पुग्न सकेको छैन । दुनियाँ ईन्टरनेटबाट अन्तरिक्षको अध्ययन गरिरहेका बेला हाम्रो शुदुरपश्चिमले भोकमरी, विभेद, अन्धविश्वास, गरिबी र घृणित राजनीतिक खिचातानीसंग जुधिरहेको छ । यहाँको भूगोल र प्रकृति आफैमा वरदान हो । पर्यटन तथा अन्य उद्द्योगहरुको बरोबरी सम्भावना छ । गणतात्रिक नेपालले संघिय संरचनामा छुट्टै प्रदेश समेत घोषणा गरिसकेको अवस्थामा यहाँको भूगोल, प्रकृति र समाजको वैज्ञानिक अध्ययन जरुरी छ । साँच्चै नै संघिय एकाईहरुलाई आत्मनिर्भर, विकसित र शान्त सम्बृद्ध बनाउँदै राष्ट्रिय लक्ष्य हाँसिल गर्न शुदुरपश्चिमको वातावरण, भूगोल, उर्जा र पर्यटन उद्योगको प्राज्ञिक अध्ययन र वहस सुरु गर्नु पर्छ । शुदुरपश्चिम कृषि र पर्यटनकालागि उत्तिकै महत्वपूर्ण र उपयुक्त ठाँउ हो । शुदुरपश्चिममा उत्तर पश्चिमी क्षेत्रबाट आउने मनसुनि वायुले गर्दा अधिकांस समय मौसमी वर्षा भईरहन्छ । यसकारण पनि अरु क्षेत्रभन्दा कम सुख्खा रहने गर्छ । गर्मी मौसममा भने भारतीय मरुभूमीबाट पश्चिम तरार्इ्तिर बहने तातो हावा -लू_ चल्नाले भने समस्या निम्त्याएको हुन्छ । न त शासनसत्ता सञ्चालक ले यहाँका समस्या सुनेका छन न त यहाँका विशेषता बारे नै उनिहरु जानकार छन । जिल्ला विकास समितीहरुको क्षेत्रिय सञ्जाल (सन २००३) ले तयार पारेको प्रतिवेदनलाई आधार मान्ने हो भने सुदुरपश्चिममा १,६९६,४६१ किलो जडिबुटी उत्पादन हुन्छ जसमा १६ लाख किलो प्रतिवर्ष त बहुमुल्य यार्सागुम्बा मात्रै उत्पादन हुँदो रहेछ । जडीबुटी मात्रै नभएर थुप्रै अरु क्षेत्रमा सम्भावना बोकेपनि हामीले आर्थिक सम्बृद्धीको सुरुवात सम्त भएको देख्न सकेका छैनौँ ।

वातावरणमैत्रि उर्जा
अहिलेको युगमा सम्बृद्धीको पहिलो सुचक भनेको उर्जालाई लिने गरिन्छ । खासगरि पेट्रोलियम पधार्थ सकिँदै गएको छ । आणविक लगायतका उर्जा अविकसित देशको पहुँचमा छैनन र उपयुक्त पनि छैनन । यस्ता ईन्धनको रुपमा प्रयोग हुने उर्जाश्रोतहरुले वातावरण लाई पनि हानि पुर्याँउछन । कमजोर व्यवस्थापन र कम श्रोतसाधनहरु भएर पनि वातावरणमैत्रि तरिकाले उर्जा उत्पादनको काम गर्नसकिन्छ । विकासका गतिवीधिहरु गर्न समेत उर्जा लाई पुर्वाधारको रुपमा लिने गरिन्छ । उर्जाका श्रोतहरु मध्ये अधिकांस नविकरणीय उर्जाका श्रोतहरुनै वातावरणमैत्रि उर्जाका श्रोत हुन् ।  ति सबै उर्जाका श्रोतहरु 

शनिवार, 7 जनवरी 2017

समृद्धि, राष्ट्रबाद र युवा





समृद्धि, राष्ट्रबाद र युवा

हालैका दिनमा सबैको ध्यान खिच्ने, धेरै बोलिने र सुनिने शब्द हुन राष्ट्रिय समृद्धि अनि राष्ट्रबाद । यसलाइ गुडाउने, चलायमान बनाउने र लक्षमा पुग्न मेहनत गर्ने शक्ति सामर्थ्य र जोश भएका मानविय जमात हुन युवा । अझ हाम्रो सामाजीक परिभाषामा १८ देखी ४० सम्मका मानवहरू नै युवा हुन । नेपाल एकिकरण गर्दा पृथ्विनाराण शाह कति बर्षका थिए? हाम्रै देशका नेताहरू जुन अहिले सत्तामा र सत्ताको वृत्त वरीपरी घुमीरहेका छन । ७ सालको क्रान्ती गर्ने बेलामा ३६ सालको क्रान्ती र ४६ सालको आन्दोलन सम्म युवा नै थिए । तर मुल समस्या प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि त्यही ल्याउनका लागि सारा जवानी र उर्जावान समय खर्च गरे । त्यसको ब्याजको लोभमा अझै बुढो गोरूले झै ठाँउ ओगटी रहेका छन । भने हामी जस्ता उर्जावान युवाहरू तिनैलाइ गालि गर्दै देश बनेन र समृद्ध हुन सकेन भनेर उच्च शिक्षा, रोजगार र व्यवसायका लागि खल्तिमा पासपोर्ट बोकेर विदेश धाइ रहेका छौं । पाए सम्म नेपाल नफर्कने गरी उतै घरजम गरेर बस्ने मनसायमा पनि छौं । भरखरै ७२ सालमा भएको दुखद प्राकृतिक प्रकोप र भारतिय नाकाबन्दी पछि अर्को कुराले पनि सबैको ध्यान मोडेको छ त्यो हो राष्ट्रबाद । धेरै मध्य केही युवा यसैको पछि लागेका छन । त्यसलाइ जानिदो नजानिदो गरी लाभमा बदल्न राजनितिक दलहरूले बिभिन्न तिकडम हरू अपनाइ रहेका छन । हामी प्रयोग भै रहेका छौ।
नेपाल कृषि प्रधान देश, जलश्रोतको धनी देश, बुद्ध,भृकुटी, अरनिको र सिताको जन्मभुमी, सगरमाथा लगायत बिश्वका १० मध्य ८ वटा उच्च हिमाल भएको देश पर्यटकको लागि स्वर्ग जस्तै देश, जल, जमिन र जडिबुटीको भरपुर उपयोग गर्न सकिने देश । हामी समृद्ध छैनौ ?  यतिका श्रोत, इतिहास र गर्वलायक तथ्य अरू कुनै देशमा छ र? र पनि हामी कसरी गरीब ? कसरी हामी कम्जोर ?  हामी कमजोर भयौ किबनाइयौ ? 
नेपाल को एकीकरण पछि जारजरकोटमा रहेको हतियार बनाउने बस्तिमा रहेका हतियार बनाउन सिपालु कामदारहरूको हात काटेर

शनिवार, 11 जून 2016

केपी ओली, गाली ताली अनी हामी !


के पि ली अहीले नेपाली जनजिब्रोमा र अन्तराष्ट्रिय समुदायमा पनि चर्चाको नाम हो । चाहेर होस या नचाहेर मिडियामा, अधिकांश नेपालीको मन मस्तिष्कमा हरेक दिन ली झुन्डिएकै छन । गालि गर्न होस या तालि बजाउन । भारतिय हस्तेक्षपका बिरूद्ध लडेको भनेर, भारतिय एकाधिकार तोडेको भनेर, उखान भनेर प्रतिद्वन्दीको आत्मविश्वास गिराउने रूपमा या हावादारी कुरा भन्ने भनेर । सबैले हरेक दिन सम्झेकै छन ।

सकारात्क नजरमा केपी
जब सम्म उनि शक्तिमा थिएनन, रूखो बोल्ने, गुण्डा राजलाइ संरक्षण गर्ने, छुच्चो चरित्र, अनि महाकाली सम्झौता वा अरू गतिबिधी मेरा नजरमा केपी ओली खराब पात्र थिए । एमालेमा कोही हट्नु पर्ने वा माओवादीको सफाया कारबाहीमा कोही पर्ने व्यक्ति छ भने त्यो केपी ओली हो भन्ने लाग्थ्यो । एक जना मित्र संग लालबाबु पण्डीतको समर्थन गर्दा एमालेमा कोही नराम्रो छ भने त्यो राधा ज्ञवाली, बामदेव र केपी हुन भनेर र राम्रो मानिसमा लालबाबु, गोकर्ण बिष्टको पक्ष लिएको हो मैले । ति लिष्टमा जानेर नजानेर दिर्घकालिन नेपालको भबिष्य अनि पुर्व प्रम हरूको ब्यबहार संग तुलना गर्दा अडान भएका, भारत संग जानेर नजानेर नझुकेका, भारतको एजेन्डामा झुक्नु भन्दा नेपाली दल संग झुक्नु श्रेयकर सम्झिएका । फलस्वरूप माओवादी केन्द्र संग जायज नाजायज भद्र वा अभद्र जे भने पनि सम्झौता गरेका । जे गरे नेपालका लागि महेन्द्र पछि देशका लागि यत्तिको काम गरे यस भन्दा अघि मनमोहन बाहेक कुनै सम्मान जनक रूपमा सम्झने प्र.म. छैनन नेपालमा । भविष्यमा नेपालको इतिहासमा स्मरण योग्य प्रधान मन्त्रीमा केपी ओलीको नाम हुनेछ ।


सरकारको काम
जसरी पहिले सत्तामा पुगी सकेका भुत पुर्व प्रमहरूले के पि सरकारको बिरोध गरेका छन त्यो आँफैमा हास्यास्पद छ । हिजो आफु सत्तामा हुँदा सिन्को भाच्न नसक्नेहरू ओलीको सपना झुटो भनेर खिल्ली उडाउँदै २५ बर्षे अर्को स्वप्न देखाएका छन, कामहरू खेलाची सम्झेका छन ।

शनिवार, 26 मार्च 2016

गाइलाइ लक्ष्मी बनाउने की यमराज बनाउने ?


हिन्दु धर्ममा गाइको फ्नै महत्व छ । लक्ष्मीको रूपमा पुजा गर्ने देखी अन्नको जोहो गर्न अमृत रूपि दुध बेच्ने पनि गरिन्छ । बालक तथा बृद्धहरूका लागि भैंसीको भन्दा गाइको दुध सुपाच्य हुन्छ । अझ अहीले त व्यवसायिक गाइ पालन गरेर लाखौं देखी करोड कमाउने व्यक्तिहरू पनि नेपाल मै छन । विदेशबाट सिप सिकेर नेपालमा त्यसको सदुपयत्रग गरी व्यवसायिक रूपमा देश मै पसिना बगाएर गाइपालन बाट लक्ष्मी बनाउने क्रमले परम्परागत यो पेशा धुनीक अनी र्थिक रूपले सुनको फुल पार्ने कुखुरीको रूपमा बिस्तारै सुरू हुँदै छ । हामी कृषि प्रधान देशका नागरीक हरूका लागि यो भन्दा राम्रो के हुन सक्ला ? निर्वाहका लागि पालिने गाईलाई आम्दानीको स्रोत बनाउन थालेपछि अहिले युवाहरु पनि आकर्षित हुन थालेका छन् । तर गाई पालन गर्नुअघि आहारा, स्वास्थ्य तथा गोठ व्यबस्थापनका बिषयमा ध्यान दिनुपर्छ । नजानीकन लाग्दा फस्ने सम्भावना धेरै हुन्छ । थोरै लगानीमा गाई पालन सुरु गर्नेले बाच्छा बाच्छी भन्दा दुहुना गाई पाल्नु राम्रो हुन्छ । अहिले जर्सी गाई ७० देखि ८० हजार रुपैयाँ पर्छ भने होलस्टेनको एक लाखदेखि एक लाख बीस हजार रुपैंयासम्म पर्छ । किसानलाइ त्यो एकलाख लाइ कसरी दश लाख बनाउने ध्याउन्न सवार हुन्छ । अनि सुरू हुन्छ लक्ष्मी रूपी गाइको यमराज बन्ने यात्रा !
गाइ लक्ष्मी बाट कसरी

रविवार, 11 अक्टूबर 2015

केपि ओली ज्यू लाइ विकास पत्र

सम्माननिय प्रधानमन्त्री के पी शर्मा ओली ज्यू नमस्कार
देशको सजक नागरीक का हैसियतमा तपाइलाइ पत्र लेख्दै छु कृपया ध्यान एवं मनन गरी दिनु होला ।
सन्दर्भ लोड सेडीङ, डिजल पेट्रोल अभाब र नाकाबन्दी अनि यसको दिर्घकालिन समाधान
नयाँ बिद्युत आयोजना बनाउनका लागि धेरै रकमको आबश्यकता पर्छ जो सरकारले अन्य विकासका खर्च वा प्रशाशनिक खर्च कटाएर जुटाउन नसक्ने त हैन तर मुश्कील पर्छ । जसका लागि कुनै एक आयोजना मात्र भनेर बिदेशि सहायता पनि एकै पटक आउदैन । जलाशय युक्त आयोजना नभइ लोडसेडिङ घट्ने सम्भाबना छैन तसर्थ बुढी गण्डकी लगायत जलाशय युक्त आयोजनाको लागि नेपालीबाट ले नै अर्थ यस प्रकार जुटाउन सकीन्छ ।
१. सरकार ग्यारेन्टी बस्ने गरी सुरूमै सर्वसाधरणका लागि ३० देखी ४० प्रतिशत शेयर निश्काषन गर्ने ।
३० प्रतिशत शेयर सरकारले लगानी गर्ने
१० प्रतिशत निजामती कर्मचारी, आयोजनाका मजदुर (ज्यालादारी वा कर्मचारी) लाइ
५ देखी १० प्रतिशत शेयर बिद्युत प्राधिकरणका कर्मचारीलाइ
५ देखी १० प्रतिशत शेयर लगानि गर्ने संस्थाहरू जस्तै

गुरुवार, 27 अगस्त 2015

जातिय र धार्मिक राज्य कति, किन र कसलाइ ?

नेपालमा २०६८ को जनगणना अनुसार ११८ जात र १० वटा धर्म छन । अब मलाइ भन्नुस
संबिधानमा तमुवान, खुम्वुवान, थारूहट, लिम्वुवान, मगरात राज्य दिइयो । त्यसको उपलक्षमा दिपावली नि मनाइयो । ८० प्रतिशत हिन्दुहरूको माग पनि पुरा भयो नेपाललाइ हिन्दु राष्ट्र कायम गरीयो । त्यसको उपलक्षमा शंखघोष नि गरीयो । समस्या समाधान भयो तर  १०/२० बर्षमा नेपाल ले यति विकास गर्यो की भनेर साध्य भएन । समय सँधै एकनास त हुँदैन हिन्दुको संख्या जसरी ९५ प्रतिशत बाट घटेर ८० मा पुग्यो भोली ३० मा पुग्ला रे गुरूङ्ग, मगर, लिम्वु, शेर्पा सबैको जनसंख्या घट्ला रे अनि नयाँ धर्महरू र जातहरू को संख्या नेपालमा (उदाहरणका लागि अहिले कम जनसंख्या भएको कुसुन्डा वा राउटेहरूको जनसंख्या) २०-५० बर्षमा १५ प्रतिशत पुग्ला रे अनि मुस्लिम र क्रिश्चियन धर्म ३० प्रतिशत माथी पुग्ला रे । अबको ३० दशक पछी तिनलाइ जातीय र धार्मिक राज्य चाहीएला रे त्यो वेला लिम्वुवान, खुम्वुवान, थारूहट, तमुवान काटेर तथा हिन्दु राष्ट्रको पगरी हटाएर तुरून्तै उनिहरूले माग गरेको भोली पल्ट राज्य दिन

गुरुवार, 9 जुलाई 2015

नेपालको नयाँ संविधानमा तपाई के चाहनुहुन्छ ? आफ्नो राय लिखित वा मौखिकरुपमा दिनुस्

नेपालको नयाँ संविधानमा तपाई के चाहनुहुन्छ ? आफ्नो राय लिखित वा मौखिकरुपमा दिनुस् । विहीवारबाटै तपाईले यो सुबिधा पाउनुभएको छ ।

संविधानसभाले नयाँ संविधानमा प्रारम्भिक मस्यौदामा जनमत संकलनको काम शुक्रबारबाट शुरु गर्दैछ । तर, हरेक नेपाली जनताले आ-आफ्नो पायक पर्ने ठाउँ वा माध्यमबाट विहीबारै सुझाव पठाउन पाउनेछन् ।
विदेशमा रहेका नेपालीबाट समेत सुझाव लिने व्यवस्था गरिएको छ । विदेशस्थित दूतावास र सचिवालयको वेबसाइटबाट उनीहरुको सुझाव लिने व्यवस्था मिलाइएको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए ।
सुझाव संकलनका लागि अन्तरक्रिया कार्यक्रम पनि गरिनेछन् । नेपाल पत्रकार महासंघ, बार एसोसिएनसहितका पेशागत संगठन र नागरिक समाजको तर्फबाट सुझाव संकलन गरिने छ ।
प्रत्येक निर्वाचन क्षेत्रका कम्तिमा दुई प्रमुख व्यापारिक केन्द्रमा सम्बन्धित क्षेत्रका सभासदसहित कर्मचारीहरु सुझाव संकलनका लागि आउँदैछन् । त्यसका लागि साउन ४ र ५ गते सार्वजनिक सुनुवाइ हुनेछ ।
नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिले तयार पारेको कार्ययोजनालाई संविधानसभाको विहिवारको बैठकले अनुमोदन गरेपछि जनमत संकलनको प्रक्रिया खुला भइसकेको छ ।
अन्तरक्रिया वा सार्वजनिक सुनुवाईमा सहभागी हुन नपाउनेले टेलिफोन, इमेल, फ्याक्स तथा संविधानसभाको आधिकारिक फेसबुक तथा ट्वीटरमा पनि सुझाव पठाउन सक्नेछन् । संविधानको प्रारम्भिक मस्यौदा पढ्न

शनिवार, 21 फ़रवरी 2015

ठुला बस आवश्यकता अनी प्रदुषणको लडाइ ।

फागुन २०७१ को समाचार हो साह्रै राम्रो लाग्यो त्यसैले शेयर गरे, सरकारले साना सवारीमा थप भन्सार लगाए पनि हुन्छ, वा अब इजाजत नै बन्द गर्दा पनि हुन्छ । पार्किङको ब्यवस्था छैन सडक साँघुरो छ, इन्धन विदेशबाटै ल्याउनु पर्छ, सवारी मर्मत विदेशबाट नै हुन्छ, मिस्त्री देखी स्पेयर सामान सम्म विदेशीमा भर पर्नु पर्छ । त्यस तर्फ हामी ले सोचेकै छैनौ । एक पटक लागु होस त नेपालमा इन्धन र वातावरण दुवै बच्छ । तर सरकारले भाडामा नियन्त्रण गर्न सक्नु पर्छ अहीले इन्धनको भाउ यति बिघ्न घटदा यात्रुले सुबिधा नपाउदा सरकार मुकदर्शक बनेको छ । सरकार विवेकशील बन्नु पर्छ, व्यवसायी र उपभोक्ता मारमा पर्नु भएन । आश गरौ हामीले सोचे जस्तै हुनेछ ।

 काठमाडौं उपत्यकामा ६ लाखभन्दा बढी सवारीसाधन गुड्छन्। यी लाखौं सवारीसाधनको भीडमा धेरै यात्रुलाई एकैपटक बोकेर गन्तव्यमा पुर्‍याउन सक्ने बसको सं या भने नगण्य छ- जमाजम्मी तीन सय ३६ वटा।
Sajha-Yatyatउपत्यकाका सयौंमध्ये चारवटा रुटमा मात्र बस गुड्छन्। सार्वजनिक सवारीको ठूलो हिस्सा मिनिबस, माइक्रोबस र टेम्पोले ओगटेको अन्नपूर्ण पोस्टमा खबर छ ।
करिब ५० जना अट्ने एउटा बसले उत्सर्जन गर्नेभन्दा धेरै गुणा बढी प्रदूषण साना सवारीसाधनले गर्ने अन्तर्राष्ट्रिय अनुसन्धानहरूको निष्कर्ष छ। तर करिब ३४ लाख यात्रु रहेको काठमाडौं उपत्यकामा धेरै यात्रु एकैपटक बोकेर गन्तव्यमा पुर्‍याउन सक्ने ठूला बस किन चल्दैनन्? केले रोकेको छ ठूला बस चलाउन?
विज्ञहरू भन्छन्, धेरै यात्रु एकैपटक एउटै बसमा यात्रा गर्नसक्ने ‘मास ट्रान्जिट’ को अवधारणा नेपालमा लागू गर्न आवश्यक छ। मास ट्रान्जिटको सजिलो र कम खर्चमा तत्काल लागू गर्न सकिने विधि ‘बीआरटी’ (बस र्‍यापिड ट्रान्जिट) हो।
ठूला सहरमा ट्राफिक बत्तीमा नरोकिई, आफ्नो लेनमा धेरै यात्रु बोकेर गन्तव्यसम्म पुर्‍याउने प्रणाली हो बीआरटी। यस्तो प्रणाली लागू भएका सहरमा निश्चित ठाउँमा पुग्न छुट्टाछुट्टै ढोका भएका धेरै यात्रु अटाउन सक्ने ठूला बस व्यवस्था गरिएको हुन्छ।
काठमाडौंमा साझा यातायातले यसको प्रारभ्मिक अभ्यास गरिरहेको छ। यो प्रणालीअनुसार ठूलो चौडा भएका सडक निर्माण गरी बसलाई अलग्गै लेन छुट्ट्याइदिनुपर्छ। तोकिएका स्थानमा बाहेक यी बस रोकिँदैनन्। संसारका एक सय ८० सहरमा यो प्रणाली लागू भइरहेको छ।
विज्ञहरूका अनुसार बस र्‍यापिड ट्रान्जिट (बीआरटी) लागू भए काठमाडौं उपत्यकामा यात्रा गर्ने सर्वसाधारणलाई धेरै सजिलो हुन्छ। बीआरटी विकसित देशहरूले लागू गरिरहेको सार्वजनिक यातायात व्यवस्थापनको सफल नमुना हो।
काठमाडौं दिगो सहरी यातायात आयोजनाका उपआयोजना निर्देशक निरज शर्माले भने, ‘काठमाडौं उपत्यकाको सडक संरचनालाई बिआरटीमा लैजान आवश्यक भइसक्यो। यसमा गए काठमाडौंबासीले कार, भ्यान र मोटरसाइकल छोडेर बस चढ्न थाल्छन्।’
सरकारले केही वर्षदेखि सुरु गरेको काठमाडौं उपत्यका दिगो सहरी यातायात आयोजनाले उपत्यकाका सार्वजनिक सवारीको व्यवस्थापनका लागि विभिन्न योजना बनाएको छ।
योजनाअनुसार काम भए केही वर्षभित्रै उपत्यकाका केही रुटमा बीआरटी प्रणालीअन्तर्गत सार्वजनिक सवारीसाधन सञ्चालन हुनेछन्।
उपत्यकामा बीआरटी लागू भएपछि सर्वसाधारणले तोकिएको स्थानमा बस पर्खिएमात्रै पुग्छ। योजनाअनुसार विद्युतीय कार्डबाट भाडा तिर्नुपर्छ। यसका लागि विकसित देशले प्रयोग गरेको विधिजस्तो कार्ड किन्ने र बसमै राखिएको यन्त्रमा छिराएमात्रै पुग्छ।
उपत्यकाको सडकलाई तीन भागमा विभाजन गरिएको छ। हरेक दिन एक लाखभन्दा बढी सर्वसाधारणले प्रयोग गर्ने उपत्यकाभित्रका आठ रुटलाई प्राथमिक सडकअन्तर्गत राखिएको छ। यस्तो सडकमा १५ मिटरभन्दा लामा बस सजिलै गुड्न सक्छन्। ‘बीआरटीका लागि यी सडक उत्तम हुन्छन्’, शर्माले भने।
स्रोत अनलाइन खबर 

शनिवार, 31 जनवरी 2015

बाबुराम जी लाइ खुला प्रश्न ।

प्रिय बाबुराम जी, 
नमस्कार 


 डा. लेख्न मन लागेन सबैलाइ अब पढेलेखेका संग पनि बितृष्णा हुन थाल्छ की लाग्न थाल्यो त्यसैले । भनिन्छ सुतेको लाइ उठाउन सकिन्छ सुतेको नाटक गर्नेलाइ मरी गए उठाउन सकिदैन । अशिक्षितलाइ बुझाउन सकिन्छ तर शिक्षित भएर फ्नो अनुकुल बाहेक सबै कुरा बुझ पचाउने लाइ बुझाउन सकिदैन । तर पनि यो प्रयत्न गर्दै छु । धेरै कुरा लेखीन फेरी हामी जस्ता भिजिलान्ते र सुकिला मुकिला पौने ३ करोडले तपाइ जस्तो सर्बहारालाइ के नै पो बुझाउन सकिन्छ र? त्यसैले तपाइले नै लेखेका, तपाइकै पार्टीले गरेको प्रतिबद्धता र बनाएका दस्ताबेज अनि क्रियाकलापलाइ नै धार बनाएर केही प्रश्नको उत्तर खोजेको छु । म एक विवेशील नेपाली बन्दै गरेको आम नागरीक हुँ यि प्रश्नहरू सायद सबै नेपलाीको हो झर्को नमानी उत्तर दिनु होला ?



प्रश्न नं. १ ) सायद यो तपाइको महान गौरवशाली पार्टीको चुनावी घोषणा पत्र हो । तपाइहरूले विगतमा जे गर्नु भो सहमती सहमती भनेर अन्तीम समय कुर्नु भो सायद त्यसरी नै अहीले ठुला भनिने दलले कुरीरहेका थिए । सायद तपाइहरूको गल्ती बाट नै सिक्नु भो होला । अब ति ठुला २ दलले गल्ती गरेकै रैछन अन्तिम समय सम्म सहमती सहमती भनेर की हैन ?

चौथो कुरा, दुइ वर्ष भित्रै संविधानसभाका विषयगत समितिहरुले कतिपय विवादित विषयहरु सहितको प्रारम्मिक मस्यौदा वुझाइसकेको थियो । त्यो स्थितिमा वेलैमा सहमति हुन नसकेका विषयहरुमा संविधानसभाको प्रक्रिया अनुसार मतदानद्धारा टुँगो लगाउँदै संविधान निर्माणको कार्य अघि बढाउनु पर्दथ्यो । तर बडो आर्दशवादी तरिकाले अन्तिम घडीसम्म सहमति को एकल मार्गमा लागिरहनु परिवर्तनकामी शक्तिहरुको पनि भयंकर गल्ती र कमजोरी रहन गयो ।  परिवर्तनकारी खेमाको नेतृत्व गर्ने सबभन्दा ठूलो दलको नाताले हाम्रो पार्टी सो कमजोरीका लागि गम्भीर आत्मालोचना गर्दछ र आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन दृढ प्रतिज्ञा गर्दछ । ( ए नेकपा माओबादी दोश्रो संबिधान सभा चुनाबको घोषणा पत्र  पेज नं. ५ अन्तिम हरफ)

त्यस अतिरिक्त संविधान तत्काल देशमा विद्यमान वर्गीय राजनीतिक शक्तिसन्तुलनको दर्पण पनि हो

शनिवार, 6 दिसंबर 2014

शहर अब १० बर्षमा कस्तो ?

सरकारले धमाधम नगरपालिका घोषणा गरेको छ तर के नगर घोषणा गर्दैमा सबै स्वतः विकास हुन्छ  त? के व्यवस्थित नगरको परिकल्पना हामीले गरेको छौं त ? फेरी नगर तथा नगरोन्मुख क्षेत्रमा सुकुम्बासी समस्या, फुटपाथ, पार्कीङ, खानेपानी, अस्पताल, सडक सबैको समस्या छ । के सबै समस्या केलाएर त्यसको निराकरण गर्ने राज नेता, मेयर, वडा अध्यक्ष हामी सँग छन त ? के तपाइको क्षेत्रमा सभासदले, मेयरले, वडा अध्यक्ष वा नेताले विकासको भिजन यस्तो छ यसलाइ निम्न कुराले सफल पार्न सकीन्छ भनेर भोट माग्नु भएको छ वा जातीय दमन छ, लैंगिक दमन छ, मजदुर उत्पिडन छ, रातारात व्यवस्था परिवर्तन गरेर महल बनाइदिने वा सिंगापुरको सपना देखाउनु भएर भोट माग्नु भएको छ? वा नेपाली कांग्रेस ले सात साल ३६ सालको क्रान्ति सफल पार्ने हामी, एमाले ले नौ महीने शासन र माओबादीले राजा फालेको ब्याज अब पनि निरन्तर सत्तामा वसेर खाने मात्र हो या साँच्चीकै विकास गरेर जनताको मनमा बसेर सत्तामा बस्ने हो तपाइ हामीले

शुक्रवार, 7 नवंबर 2014

नेपाल बनाउने हो ?? केही प्रश्नका उत्तर दिनुस नेपाल आफै बन्छ ।

तलका प्रश्नका उत्तर दिनुस नेपाल आफै बन्छ ।

गालि गर्न कति राम्रो आउछ हामिलाइ, अझ विदेश बसेकाहरू को कुरै नगरौ एयरपोर्ट छिरे देखी नाक खुम्चाउँदै गालि गर्न तम्सन्छौं । नेता गतिला भएनन त्यसैले नेपाल नबनेको हो, म चाँही गतिलै छु नेपालको सिस्टम गतिलो नभएर हो सबैले दिने जवाफ यही हो । तपाइ हरेक ठाँउमा ठगिने उपभोक्ता भएर विचार गर्नुस । किनकी सबैले भन्छन उपभोक्ता ठगे तर तपाइ उत्पादक पनि हुनुहुन्छ । जस्तै ड्राइभर सेवा उत्पादक भयो तर होटलमा खाना खान, डिजल किन्न, गाडी बनाउन चाँही उ उपभोक्ता नै हुन्छ त्यस्तै सबै ठाँउमा लागु हुन्छ । उपभोक्ताको रूपमै सोचेर मलाइ (हरेक मलाइ) प्रश्न गरिएको छ यहाँ, सहि उत्तर दिनुस नेपाल बन्न करै लाग्छ ।

स्वमुल्यांकन तथा म कस्तो छु परिक्षा

बिषयः नेपाल समृद्ध बन्नु पर्छ          समयः १ महिना
सबै प्रश्न अनिवार्य छन ।


प्रश्न नं. १ के म सार्बजनिक बस घर अगाडी वा जहाँबाट पायो त्यहीबाट

गुरुवार, 11 सितंबर 2014

लोडसेडिङ मुक्त नेपाल बनाउने सजिलो मन्त्र

विद्युत बचाइ जनता बाटै लोडसेडिङ कम गर्ने तरीका !!!!

अब १७ घण्टा लोडसेडिङ हुने बेलामा अंध्यारोमा बसेर काखे सुसांख्यमा टुकुर टुकुर दिमागमा फुरेका कुरा लेख्दै छु, जान्ने सुन्ने भएर हैन रिस उठेर, यस बिषयमा म भन्दा धेरै बिज्ञ हुनुहुन्छ । यहाँहरूको सकारात्मक आलोचना तथा सुझाब सदैब स्वागत योग्य हुनेछ ।

अल्पकालिन योजना
१.      बिद्युत संकटकाल घोषणा गर्ने र काम पनि गर्ने ।
संकटकाल घोषणा पछी घर घरमा छापा मारी फिलामेन्ट वल्व जफत गर्ने ३ वटा फिलामेन्ट वल्वको सट्टामा एक एल इ डि प्रतिस्थापन गर्ने, बिद्युत बचत गर्ने तरीका उल्लेखीत पम्पेल्टहरू वितरण तथा पत्रचार गर्ने, बिद्युत योजना स्थललाइ सेना लगाउने पर्ने भए पनि लगाइ योजना हरू पुरा गर्ने, राजनैतिक बिरोध भए पनि नेपाललाइ वश्यक योजनाहरू तत्काल पुरा गर्न बजेट रकमान्तर गरेर भए पनि करिब १००० मे.वा. का योजनाहरू लाइ द्रुत गतिमा अघी बढाउने । सो क्रममा बस्ती नै सार्नु पर्ने भए पनि लागत को पर्वाह नगरी बस्ती नै नयाँ ठाँउमा सार्ने । यस किसिमको बोल्ड डिसिजन नलिने हो भने लेखा समिति भन्यो, स्थानियको माग भन्यो, ठेकेदारको लापरवाही भन्यो यस्तै यस्तै समस्याले गर्दा योजनाहरू १० बर्षमा पनि पुरा हुँदैन । तत्काल काम अगाडी बढाउन जे जे उपाय अपनाउनु पर्छ कुनै कसर बाँकी नराखी अपनाउने । सो क्रममा लागत बढे पनि स्थानियलाइ बेघर बनाउनु हुँदैन । हामी नेपाली सबैले बैकल्पिक उर्जाका लागि दैनिक लाखौ, हप्तामा करोडौ, महिनामा अर्बौ र बर्षमा खर्ब भन्दा बढी डिजल, जेनेरेटर, इन्भर्टर, चार्जलाइट, मोमबत्ति लगायतका बैकल्पिक उर्जा तथा अतिरिक्त समयमा भर

सोमवार, 11 अगस्त 2014

इको को आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न

२३ श्रावण, लेखनाथ
अन्तराष्ट्रिय भू संरक्षण दिवसको अवसर पारी लेखनाथ नगरपालिका वडा नं. १, स्थित खल्याण डाँडामा इको ड्रिंकिङ्ग वाटर प्रा.लि.को योजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरीयो ।
लेखनाथ नगरपालिका का कार्यकारी अधिकृत रामचन्द्र पौडेल तथा इकोका प्रमुख कार्यकारी अधिकृत विशाल गौतम एवं संचालकहरू कुलप्रसाद गौतम, प्रकाश अधिकारी, भागीरथ अधिकारी र नगरपालिका का कानुन अधिकृत राममणी अधिकारी द्वारा पिपल रोपेर कार्यक्रमको उद्धघाटन गर्दै 
इको ड्रिंकिङ्ग वाटर प्रा.लिको योजना तथा लेखनाथ नगरपालिका, सार्वजनिक जग्गा संरक्षण सहयोग समिति वडा नं.१, शिद्ध टोल विकास संस्था, लेखनाथ उद्योग वाणीज्य संघको सहयोगमा सम्पन्न उक्त कार्यक्रम लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले वरपिपल रोपेर उद्घघाटन गर्नु भएको थियो करीब ४५ रोपनी जग्गामा ३६५ भन्दा

बुधवार, 6 नवंबर 2013

पानी प्रसोधन उद्योग खोल्दै हुनुहुन्छ ?


पानी सबैभन्दा अत्यावस्यक र सहज अनी उतीकै कठीन पनि छ पाउन का लागि । साथै यसको प्रसोधन उद्योग सञ्चालन पनि यस्तै सहज अनी जटिल पनि छ ।  यसका लागि कुनै डिग्री चाहीदैन, पूर्ण दक्ष बन्नु जरूरी पनि छैन । सामन्य १५ २० दिन कुनै प्राबिधिकले तपाइलाइ सबै सञ्चालन प्रकृया सिकाउन सक्छ ।  तर यो कुरा ख्याल राख्नु जरुरी छ हामीले बेच्ने पानीले उपभोक्तालाइ स्वास्थमा बिगार गर्नु हुँदैन । तपाइले बेचेको पानी भोली बजारबाट तपाइ स्वयंले पिउन सक्ने हुनु पर्छ । यि त भए साधारण कुरा अब लागौ उद्योगको लागि के के थप पूर्व अध्ययन चाहीन्छ त ? 
सञ्चालन पुर्व ध्यान दिनु पर्ने कुराहरू   
      बजार भन्दा बाहीर तर बजारमा ल्याउन सहज स्थान छनोट गर्नु पर्छ । जसले लागत कम गर्न मद्दत गर्छ । भने कर लगायत अन्य छुट पाउन सहज हुन्छ । साथै सो ठाँउमा स्रोत के कस्तो छ त्यसको पुर्व अध्ययन जरूरी छ । कामदारको लागत कती पर्छ,

शुक्रवार, 25 अक्टूबर 2013

भोट कसलाइ हाल्ने ?

भोट कसलाइ हाल्ने ?



आँफुलाइ देशको निर्माता ठान्ने आज देशमा भएको विकास कांग्रेसको १२ बर्षको शासनकालमा भएको भन्ने, प्रजातन्त्रको सच्चा हिमायती भन्ने कांग्रेसलाइ ?

तर कांग्रेसले के बुझ्न जरूरी छ भने यि त स्वत भएका विकास हुन त्यो १२ बर्षमा रेल्वे लाइन, पुर्व पश्चिम पहाडी राजमार्ग, ५ देखी ७ वटा कुलेखानी बनाएको भए बल्ल हामीले गरेको विकास भन्न सुहाउथ्यो । हाल नेपालमा भएको विकास त २ वटा तातो ग्लासको विचमा एउटा चिसो ग्लास राख्दा अलि अलि तातो त भै हाल्छ नी त्यस्तै हो । एउटा १२ प्रतिशत को GDP वाला चिन एउटा ८ प्रतिशत वाला भारत अनी । देशलाइ १२ देखी १८ घण्टा लोडसेडिङ दिएर देशको अर्वौ रूपैयाँ दैनिक घाटा गराउने कांग्रेसलाइ भोट दिने ? जसका धेरै नेता भ्रष्टारीका रूपमा डामीएका छन जो जेलबाट निस्कदा फुलमाला पाउछन उसलाइ ?

आँफुलाइ कम्युनिष्ट भन्न रूचाउने, ९ महिने शासनकालमा भएको विकास ले गाँउ वस्ती हुँदै नेपाल अघी बढेको हो । बृद्ध बृद्धाले सम्मान पाएको भन्न रूचाउने एमालेलाइ ?

तर एमालेले के बुझ्न जरूरी छ भने हरेक निर्णयको विचमा वसेर

शुक्रवार, 4 अक्टूबर 2013

प्रांगारीक प्रमाणीकरणमा पहिलो बन्ने प्रयास


पोखरा १४ असोज,

‘‘प्राङगारीक प्रमाणीकरण र सहभागिता मुलक गुणस्तर निर्धारण कार्यशाला गोष्ठी सम्पन्न।" 

द बजार कृषि सहकारी संस्था लिमिटेड रिभान र डेभलपमेन्ट भोयज प्रा.लिको संयुक्त आयोजनामा स्थानिय उत्पादकहरुको सहयोगको लागि तथा प्रांगारीक प्रमाणिकरण गरी रासायनिक कृषि उपज र प्रांगारीक उपजको अन्तर स्पष्ट गर्नका लागि ‘‘प्राङगारीक प्रमाणीकरण र सहभागिता मुलक गुणस्तर निर्धारण‘‘ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

यस ३ दिने कार्यशाला गोष्ठीको पहिलो २ दिन किसानहरूका लागि प्रमाणीकरण सम्बन्धि क्षमता अभिबृद्धी र तेस्रो दिन प्रांगारीक कृषिका सरोकारवालाहरू संघ संस्था हरू संग कास्की जिल्लामा सहभागिता मुलक गुणस्तर निर्धारण प्रणाली सुरूवात गर्ने बारे अन्तर्क्रिया भएको थियो । द बजार कृषि सहकारी संग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रही उत्पादनमा लाग्नु भएका कास्की तथा लम्जुङ जिल्लाका २५ कृषि समुह मध्य १० वटा व्यवसायिक फार्म, कृषक समुह तथा सहकारीको उपस्थिती रहेको सो गोष्ठीमा सामुहीक प्राङ्गारिक प्रमाणीकरणका प्रकृया, निरिक्षणको विधि का बारेमा सैद्धान्तिक र प्रयोगात्मक तरीकाबाट जानकारी ताथ PGS ( सहभागिता मुलक गुणास्तर निर्धारण) का बारेमा जानकारी लिएका थिए । 

उपभोक्तालाइ सुपथ मुल्यमा गुणस्तरीय प्रांगारीक उपज ढुक्क सँग उपभोग गर्ने बातावरण तयार गर्नका लागि तथा रासायनिक उपजको प्रयोग घटाउन प्रमाणीकरण गरीएको कृषि उपज उपयुक्त विकल्प हुन सक्ने सो कार्यशाला गोष्ठी पछी कृषक हरूले बताए । 
द बजार कृषि सहकारीका अध्यक्ष तुल्सी गिरीले यो कार्यशालाले छिट्टै नै यस प्रकृयालाइ मुर्त रूप दिनेमा आँफु ढुक्क रहेको बताउनु भयो भने डेभ्लपमेन्ट भोयजका अध्यक्ष टंक राज सुवेदी, तालिम तथा शिक्षा ब्यवस्थापक अनिल सिंखडाले कार्यशाला पश्चात कृषक हरू प्रमाणिकरणमा लाग्ने र नेपालको पहिलो PGS द्वारा प्रमाणित समुह हुने विश्वास व्यक्त गर्नु भयो । 
सहकारीका सचिव विशाल गौतमले यस प्राणालिका लागि चाहिने सामाग्रीहरू तथा कुल लागतको ५० प्रतिशत हिस्सा किसानलाइ सहकारीले नै प्रदान गरिदिने भएको हुँदा थप आर्थिक भार बाट समेत किसान मुक्त हुने भएकोले उपभोक्तालाइ समेत यसले प्रत्यक्ष फाइदा पुग्ने वताउनु भयो । व्यवस्थापक सुरज सुवेदीले यो केवल किसानका लागि मात्र नभइ उपभोक्ताको लागि समेत खुसिको कुरा भएको हुँदा बजार कृषि सहकारीको मुल मर्म किसान र उपभोक्तालाइ नजिक ल्याउने र बजारीकरण प्रकृयामा साझेदारका रूपमा एउटै थलोमा ल्याउन समेत मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो । 
समापन कार्यक्रममा जिल्ला कृषि सहकारी संघ, किसान समुह, कफि, तथा कृषि सरोकार समुहहरूको सहभागीत रहेको थियो । समापनको निचोडमा सरोकारवाला समुहको अगुवाइ जिल्ला कृषि विकास कार्यालयले गर्ने र त्यसका लागी सचिवालयको भुमीकामा रहन द बजारलाइ आग्रह गर्दै कृषि विकास कार्यालयका बालि संरक्षण अधिकृत धनबहादुर रानाले कास्कीलाइ PGS बाट प्रमाणीकरण गरीएको पहिलो जिल्ला बनाउन सम्बद्ध सबैलाइ आग्रह गर्नु भएको थियो । कार्यक्रममा MDO, USC CANADA, NEST, LI-Bird, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालक कास्की, कास्कीका अगुवा प्रांगारीक कृषकहरू लागायतका सरेकारवाला समुहका प्रतिनिधिहरूले प्रमाणीकरणमा निरिक्षण समितिमा वसी सहयोग गर्ने बचन बद्धता व्यक्त गर्नु भएको थियो । 

मंगलवार, 21 फ़रवरी 2012

बादशाह र तुरूपको एक्का

दुर्जेय चेतना


सबै भन्दा पहिले केही रमाइला र यथार्थ जापानी किस्साहरू भन्छु म..

एक पटक एउटा बेल्लौरे( बेलायती) कुकुरले सागाकै पार्कमा घुम्न गएको बेला मलाई बेस्करी भुक्यो। म एक सुरले हिँडिरहेको थिए, बेस्करी झस्किएँ। म कुकुर देखेर सानैबाट डराउने मान्छे। लामो सिक्रीमा बाँधेर डोराउँदै गरेकी बुढी आईमाईले मेरो अगाडि आएर तिन चार पटक निहुरिएर माफी मागिन्।


फुकोओका शहरमा हामी सपरिवार डुल्दै थियौँ। व्यस्त सडक र ठूला ठूला भवनहरूले हामीलाई आकर्षण गरिरहेको थियो। त्यहीनै भवनहरूलाई पृष्ठभूमिमा राखेर बाटोकै छेउमा हामी पालै पालो फोटो खिचिरहेका थियौ। फोटो खिची दिने अरू कोही नभएको ले हामीले सबै परिवारको फोटो एकै साथ खिच्न पाइरहेका थिएनौ। त्यसै बीच म परिवारको फोटो खिचिरहेको थिए, मेरो पछाडि छेउनेरै एक जना युवक उभिए। मैले उसको बाटो छेकेकी भनेर माफी मागेँ। उसले म सँग मेरो क्यामेरा मागेर, तपाइहरूको परिवारको फोटो म खिचि दिउँ भने र हाम्रो फोटो खिचिदिए। फोटो लिई सके पछि उनी मुसुक्क हाँसेर आफ्नो बाटो लागे।

जापान बसाइमा सबै भन्दा सजिलो साइकल। साइकल नभएको मान्छे र घर छैन भने पनि हुन्छ। ठूला

सोमवार, 13 फ़रवरी 2012

अनि तात्दैन त पारो ?

अस्ती भर्खर फन्तको बिहेमा पोखरा देखी हेटौडा पुगेर ए । यो नसोच्नु होला टाढाको बिहेको यात्राले पारो तातेको होला तर हैन यात्राको दौरान देखेका र भोगेका क्षणहरूले पारो तताएको हो । संग सँगै पोखरा बसाइका यि दिन हरूमा पढेका, हेरेका र सुनेका समाचार हरूले पारो तताएको ततायै छ । अखीर के के कुराले पारो तात्यो त यि पारो तताउने कुरा पढ्दा सायद तपाइहरूको पनि यो चिसो मौसममा पारो तात्ला । 
 
  • घर बाट २ किमी पर गगनगौडा पुग्दा नपुग्दै फाइटर जेट देखेँ जकल हरेक दिन जस्तो नेपाली कासमा फाइटर जेट उडेको उड्यै गर्छन यसमा किन पारो तात्ला ?

शुक्रवार, 27 जनवरी 2012

विश्वकै सबैभन्दा सस्तो ट्यावलेट पिसी नेपालमा

विश्वकै सबैभन्दा सस्तो दाबी गरिएको ट्याब्लेट पिसी नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । भारतमा उत्पादन गरिएको यूबीस्लेट सेभेन प्लस नेपालमा सार्वजनिक गरिने भएको हो । सूचना ताथ प्रविधि मेला क्यान इन्फोटेक–२०१२ को उद्घाटनकै दिन पारेर नेपालका लागि आधिकारिक वितरक कम्पनी गिज्मोज नेपाल प्रालिले उक्त ट्याब्लेट पीसीको सार्वजनिक घोषणा गरे पनि ट्याब्लेट भने करिब दुई महिनापछि मात्रै उपभोक्ताको हातमा पर्ने बतायो ।

 भारतमा सन् २०१० को अक्टोबरमै सार्वजनिक आकाशको नयाँ र परिष्कृत संस्करण यूबीस्लेट कम्प्युटरका साथै फोन पनि हो । यसको मूल्य ६ हजार रुपैयाँ पर्ने बताइएको छ । यूबीस्लेटले कम्प्युटर, मल्टिमिडिया र टिभीको पनि काम गर्न सक्छ भने यसमा एन्ड्रोइडको एप्लिकेसन प्रयोग गरिएको छ । ट्याब्लेटमा

एक्सप्लोर क्यान इन्फोटेक मेलामा छुटाउनै नहुने ग्याजेटहरू

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा बिहीबार सुरु एक्सप्लोर क्यान इन्फोटेक मेलामा उपभोक्ताले सोचेभन्दा पनि अत्याधुनिक ग्याजेट राखिएका छन् ।

 मेलामा ल्यापटप, डेस्कटप, ट्याब्लेट लगातय कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभ, राउटर लगायत सामग्रीका अतिरिक्त सूचना प्रविधिका उपभोक्ताको ध्यान तान्ने केही उत्पादन पहिलो पटक मेलामा राखिएका छन् ।

इन्टरनेट टिभी/रेडियो डिभाइस

 सिल्की रिबन्सले विश्वभर प्रसारण हुने टिभी र रेडियो च्यानल हेर्न/सुन्न मिल्ने इन्टरनेट-टिभी रेडियो डिभाइस ल्याएको छ । डिभाइसलाई कम्प्युटरको युएसबी पोर्टमा जोडेपछि विश्वको जुनसुकै मुलुकबाट इन्टरनेट मार्फत प्रसारण हुने टेलिभिजन/रेडियो हेर्न/सुन्न सकिने छ । 'यो डिभाइस जोड्नासाथ विश्वको